मोरङ, ५ बैशाख । विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ६ थान गरी कूल १ लाख ६ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय नौसाद मियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया