जनकपुरधाम, ६ जेठ । कोरोना महामारीको समय उपचारमा लापरवाही बढेको भन्दै नेपाल विद्यार्थी संघले प्रादेशिक अस्पताल जनकपुरधाम अगाडि प्रदर्शन गरेको छ ।
उपचार अभावमा कोरोना संक्रमितहरुको मृत्यु भएको अत्याधिक आरोप लाग्न थालेपछि नेविसंघका युवाहरुले प्रादेशिक अस्पताल जनकपुरधाम अगाडि प्रदर्शन गरेका हुन् ।
प्रादेशिक अस्पताल प्रशासन, मेडिकल सुपरिटेन्डेन्ट, प्रदेश २ का सामाजिक विकासमन्त्रीविरुद्ध नारावादी गर्दै युवाहरुले प्रदर्शन गरेका छन् ।
नेविसंघका युवाहरुले ‘निःशुल्क कोरोनाको उपचार गर, अक्सिजनको ग्यारेन्टी गर, मुख्यमन्त्री राजीनामा दे, सामाजिक विकास मन्त्री राजीनामा दे, मेसु राजिनामा दे’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।
तपाईको प्रतिक्रिया