प्रादेशिक सहकारी ऐन एक हप्ता भित्रै : मन्त्री साह

समाचार

4/4/2021

जनकपुरधाम, २२ चैत । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रादेशिक सहकारी ऐन एक हप्ता भित्र बनिसक्ने बताएका छन् ।

आठ ओटै जिल्लाका सहकारी अभियान साथीहरूसँग छलफल गरेर प्रदेश सभामा ड्राफ्ट गरिसकेका मन्त्री साहले बताए ।

६४औ राष्ट्रिय सहकारी दिवसको अवसरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले भने,‘ऐन अहिले प्रदेश सभामा छलफलमा रहेको छ । चैत ३० गते प्रदेश सभाका बैठकमा प्रादेशिक सहकारी ऐन एक हप्ता भित्र बनिसक्ने छ ।’

सहकारी ऐन आइसकेपछि प्रदेश भित्र रहेको सात हजार भन्दाबढी सहकारी संस्थाहरूलाई कसरी संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने त्यसतर्फ प्रदेश सरकार आफ्नो कदम चाली सकेको मन्त्री साहले बताए ।

राजनीति जस्तै सहकारीमा पनि राजनीति भइरहेको मन्त्री साहले दुःख व्यक्त गरे । सहकारीमा राजनीति गरे समाजमा धेरै विकृत ल्याउने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ