प्रदेशसभा सदस्य रिना नेपालको पहलमा कपिलवस्तुमा करौडोका योजना

समाचार

6/22/2020

कपिलवस्तु, ८ असार । प्रदेशसभा सदस्य रिना नेपाल वि.क को पहलमा कपिलवस्तुका विभिन्न स्थानमा करोडौंका योजना स्वीकृत भएका छन् । प्रदेश नं ५ को बजेट भाषणबाट पारित भई आर्थिक वर्ष २०७७।७८ को उक्त योजनाहरु संचालन हुने भएका छन् ।

जिल्लाको विकासको लागि मुख्यमन्त्री तथा सरोकारवालाहरुसँग नियमित सहकार्य र योजना पेश गरि प्रदेशसभाबाट योजना पारित गराएको समेत नेपालले बताइन् ।

महाराजगञ्ज नगरपालिकामा बजार क्षेत्रमा सडक निर्माण तथा नालि निर्माणको लागि १ करोड ५० लाख, महाराजगञ्जदेखि हर्दौना सडक स्तरोन्नतिका लागि २ करोड ५० लाख, यशोधरा गाउँपालिकाको पूर्वभडेहरदेखि मायादेवी गाउँपालिका सीमासम्म सडक निर्माणका लागि ३५ करोड रकम समेत विनियोजन भएको छ ।

यशोधरा गाउँपालिका ८ मा स्यानो ट्वेल जडानका लागि ८ लाख पनि विनियोजन भएको प्रदेशसभा सदस्य नेपालले बताइन् ।

त्यस्तै, कपिलवस्तु नगरपालिकाको तौलिहवास्थित तौलेश्वरनाथ संस्कृत माविको अधुरो भवनका लागि १० लाख, तौलिहवाकै बालमन्दिर भवन निर्माणका लागि २० लाख रकम विनियोजन भएको छ ।

उता बुद्धभूमि नगरपालिका वडा नं १० मा रहेको राष्ट्रिय मावि चेतरादेहीको अधुरो भवन निर्माणका लागि १० लाख, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ अधुरो भवन निर्माण वाड नं,२ वरदहवा तौलिहवाका लागि १० लाख, राम लक्ष्मण मन्दिर ताल सौन्दर्य संरक्षण वडा नम्बर ३ बुद्धभूमिलाई १० लाख विनियोजन भएको छ ।

जिल्लाको विकासका लागि अन्य सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरु समेत आफ्नो पहलमा संचालन हुने समेत प्रदेश सदस्य नेपालले बताइन् ।

नेपालको पहलमा प्रदेशसभाबाट विनियोजित रकमको नगरपालिकाबाट सही सदुपयोग गरी काम सम्पन्न गर्ने महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलामले बताए ।

प्रदेश र स्थानीय तहको समन्वय भएका अन्य योजनाहरु पनि थप गरि काम गर्न सकिने खांले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ