जनकपुरधाम, ११ असोज । प्रदेश नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई सो प्रतिवेदन हस्तान्तरण गरेका छन् । आयोगले गत आर्थिक वर्षमा गरेको कामहरुको विवरण समेट्दै ४२ पृष्टको प्रतिवेदन तयार पारेको छ ।
आयोगले आफ्नो प्रतिवेदनमा गत आर्थिक वर्षको उपलब्धीहरुमा प्रदेश सरकारको नीति तथा कार्यक्रम, विषयगत मन्त्रालयको बजेट सीमा निर्धारण र मार्गदर्शन, मध्यकालीन खर्च संरचना, प्रदेशको प्रथम आवधिक योजना, दीगो विकासको लक्ष्यहरुको मार्गचित्र, प्रदेशको जनसाँख्यिकस्थिति विवरण, प्रदेशको प्रोफाइल निर्माण, प्रदेश अनुगमन, तथा मुल्यांकन दीग्दर्शन, प्रदेश योजना तथा कार्यक्रम दीग्दर्शन निर्माण आदि राखेको छ ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, आयोगका उपसचिव ठुलोबाबु दहाल समेतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया