प्रदेश नं. २ मा प्रदेश युवा सम्मेलन २०२० भर्चुअल समारोह सम्पन्न

समाचार

9/22/2020

वीरगंज, ७ असोज । नेपाल युवा परिषद् मास्टरपीस एनवाईसी नेपाल, नेपाल युवा परिषद् प्रदेश नं. २ को संयुक्त आयोजनामा प्रदेश युवा सम्मेलन २०२० भर्चुअल सम्पन्न भएको छ ।

उद्घाटन समारोहका प्रमुख अतिथि प्रदेश २ भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले देश विकासमा युवाहरुको ठूलो भूमिका रहँदै आएकोले अबको आवश्यकता युवाहरुलाई नेपालमा रोजगार उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गर्दै विदेशिएका युवाहरुलाई एकजुट भई देश विकासमा योगदान पुर्याउन आग्रह समेत गरेका छन् ।

हाल नेपाललगायत विश्व कोभिड—१९ महामारीको चपेटामा रहेकोले युवाहरुले अहम भुमिका खेल्न आवश्यक भएको हुनाले नेपालका सबै युवाहरुलाई देशमा नै स्वरोजगार शुरु गरि देश विकासमा लाग्नका लागि नेपाल युवा परिषद्संग आबद्ध युवाहरुलाई मन्त्री सोनलले अपिल गरेका थिए ।

उनले युवाहरुलाई उद्यमशीलता बनाउन सरकार सक्रिय भई अगाडि बढिरहेको जानकारी गराए ।

त्यसैगरि अर्का विशिष्ट अतिथि सरोज बानिया, नेपाल युवा परिषद् संस्थापक एवं केन्द्रिय अध्यक्षले नेपाल युवा परिषद्सँग आबद्ध रहेका युवाहरुलाई देश विकासमा सहयोग गर्नका लागि यो संस्थाले बेला बेलामा तालिम दिँदै आएको र आउने दिनमा पनि सहयोग रहने बताए ।

त्यसैगरि अर्का अतिथि गिता साह उपाध्यक्ष प्रसौनी गा.पा. बारा, देवनारायण मण्डल, मिथिला वाईडलाईफ ट्रष्ट, नेपाल तथा जय प्रकाश दास, वडा अध्यक्ष फेटा गा.पा.—१, बाराले युवाहरुलाई देश विकासमा सहयोग गर्न आग्रह गर्दै आफ्नो शुभकामना मन्तब्य राखेका थिए ।

युवा सम्मेलन कार्यक्रममा प्यानल डिसकसन राखिएको थियो जसमा निवार्चनमा युवाको भुमिका शीर्षक बारे उमेश कुशवाहा, युवा नेपा नेकपा बारा तथा युवाहरुको नेतृत्व विकास शीर्षकमा जेसी शोभा खरेल भटराई, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष नेपाल जेसीज, सलमा खातुन उपमेयर पोखरिया नगरपालिका तथा गुड गर्भर्नेन्स शीर्षकमा शिव प्रसाद भुषाल, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा डा. दिपेन्द्र चौधरी, प्रोफेसर तथा आर्थिक विश्लेषकले युवाहरुलाई प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा प्रदेश नं. २ भित्र रहेका ८ जिल्लाका करिब ४० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने आयोजक कमिटि लगायत ५० जनाको भर्चुअल कार्यक्रममा सहभागिता रहेको थियो ।

समापन कार्यक्रम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले युवाहरुलाई देश विकासमा युवाको अहम भुमिका रहेकोले आजको युवाहरुलाई सरकारले स्वरोजगारको व्यवस्था गरि रहेको बताए ।

त्यसैगरि अर्का अतिथि आनन्द गुप्ता वडाअध्यक्ष प्रसौनी गा.पा. वडा नं. ४, बारा, ओमप्रकाश सर्राफ संयोजक भिजिट मधेस, युवा समाजसेवी तथा नेताले पनि युवाहरुलाई जागरुक हुन आब्हान गरेका थिए ।

उक्त भर्चुअल कार्यक्रमको अध्यक्षता युवा परिषद् नेपाल प्रदेश नं. २ का कार्यक्रम संयोजक तथा पर्सा जिल्ला अध्यक्ष श्रवण प्रसाद साह रहेका थिए भने कार्यक्रमको सहजीकरण युवा परिषद नेपाल बारा जिल्लाका अध्यक्ष राजेश कुशवाहाले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ