प्रदेश प्रमुखद्वारा वरिष्ठ पत्रकार राजेश्वर नेपाली सम्मानित

समाचार

3/26/2021

जनकपुरधाम, १३ चैत । वरिष्ठ पत्रकार तथा साहित्यकार राजेश्वर नेपालीलाई प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले सम्मान गरेका छन् ।

शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा वरिष्ठ पत्रकार नेपालीलाई प्रदेश प्रमुख डा.अहिराजले दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

वरिष्ठ पत्रकार नेपाली करिब ६ दशकदेखि नेपालको पत्रकारिता क्षेत्रमा लागेका छन् । उनी १६ वर्षकै उमेरदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय छन् ।

प्रदेश प्रमुख डा.अहिराजले सदाचारी अग्रज पत्रकार नेपालीसँग प्रदेश–२ का समस्या र सम्भावनाबारे सम्बादसमेत भएको जनाइएको छ ।

उनले समाजको चेतना बढाउने कार्यमा वरिष्ठ पत्रकार नेपालीको त्याग अतुलनीय रहेकोले दोसल्ला ओढाएर सम्मानित गरेको जनाएका छन् ।

एस.एल.सी. दिनुअघि वि.सं. २०१८ सालमै नेपालीले पत्रकारिता थालेका थिए । वि.सं. २०१८ सालबाट नेपाल सन्देश नामक पत्रिकाबाट पत्रकारिता सुरु गरेका थिए । पछि उनले राष्ट्रपुकार, विश्वद्वीप, नेपाल टाइम्स, नेपालवाणीलगायतका पत्रपत्रिकामा काम गरिसकेका छन् ।

नेपाली टाइम्समा काम गर्दा जनकपुरबाट राजधानी समाचार पठाउँदा जग्गा नै बेचेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ