प्रदेश प्रमुख डा.अहिराजद्वारा गढीमाई मन्दिर क्षेत्रमा वृक्षरोपण

समाचार

6/16/2021

रौतहट, २ असार । प्रदेश नं. २ का प्रमुख डा.राजेश अहिराजले रौतहटस्थित गढीमाई मन्दिर क्षेत्रमा वृक्षरोपण गरेका छन् ।

प्रदेश प्रमुख डा.अहिराजको गृहजिल्ला रौतहट भ्रमण तथा निरीक्षणको क्रममा उनले मन्दिर परिसरमा वृक्षरोपण गरेका हुन् ।

रौतहट जिल्लाको गढीमाई नगरपालिकास्थित सुन्दरपुरमा रहेको गढीमाई मन्दिर क्षेत्रमा प्रदेश प्रमुख अहिराजले विभिन्न प्रजातिका वृक्षरोपण गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ