प्रदेश प्रमुख डा.अहिराजद्वारा दुई विधेयक प्रमाणीकरण

समाचार

7/16/2021

जनकपुरधाम, १ साउन । प्रदेश २ का प्रमुख डा राजेश अहिराजले दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई फिर्ता पठाएका छन् ।

प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण गरिएको हो ।

त्यसैगरी उनले स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएका छन् ।

डा अहिराजले यसअघि पनि ती विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए । ती विधेयकमा केही बुँदा परिमार्जन गर्नुपर्ने भएको हुँदा फिर्ता पठाइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ