काठमाडौं, १८ चैत । प्रदेश नं. २ का प्रमुख डा.राजेश अहिराजले आफ्नो पहिलो महिनाको पारिश्रमिकबाट जलनपीडित बालबालिकालाई सहयोग गरेका छन् ।
प्रदेश प्रमुखको पद ग्रहणपश्चात् पहिलो महिनाको पारिश्रमिकबाट उनले आर्थिक सहयोग गरेका हुन् ।
सिन्धुली जिल्लाकी जलनपीडित एक बालिकालाई रु.२० हजार र वीरगन्जका बालकलाई रु.१२ हजार नगद सहयोग गरेका छन् ।
डा.अहिराजले कीर्तिपुर अस्पतालमा उपचाररत् दुवै बालबालिकालाई सहयोग हस्तान्तरण गरेका छन् ।
तपाईको प्रतिक्रिया