प्रदेश प्रमुख डा.अहिराजद्वारा ‘मधेश मन्थन’ को थालनी

समाचार

3/25/2021

जनकपुरधाम, १२ चैत । शिरमा देश र मधेशमा मन्त्रसहित आफ्नो पदभार ग्रहण गरेका प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले टुकी (लाल्टिन) बालेर ‘मधेश मन्थन’ अभियान थालेका छन् ।

उनले सांकेतिकरूपमा लाल्टेन बालेर जनकपुरधामका नागरिक समाजका अगुवाहरूसँग भेटघाट गरेका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा बुद्धिजीबीहरूसँग सामूहिक भेटघाट गरेका हुन् ।

भेटघाटमा प्रमुखले समाज र देशलाई सकारात्मक परिवर्तनका लागि विशेष भूमिका खेल्न नागरिक समाजलाई अपिल गरेका छन् ।

त्यस्तै, नागरिक समाजका अगुवाहरूले “मधेश मन्थन“ कार्यक्रमको निरन्तरताको खाँचो रहेको बताउँदै भेट्ने अवसर पाएकोमा खुसी व्यक्त गरेका थिए ।

उनले नागरिकले अधिकारको कुरा गर्नु अघि दायित्व को कुरा सम्झिने जरूरी रहेको बताए । नागरिक अगुवाहरूले समाज र देशलाई सकारात्मक परिवर्तनका लागि विशेष भूमिका खेल्न जरूरी रहेको कुरा प्रदेश प्रमुख डा. अहिराजले बताए ।

प्रदेश प्रमुखको पद सेरोमोनियल भएपनि नियुक्ति पाएर आइसकेपछि जनतासँग प्रत्यक्ष जोडिने काम छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ