विराटनगर, १५ असार । प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले विराटनगरस्थित भेडियारीमा अवस्थित प्राचीनकालीन राजा विराटको शालिकमा माल्यार्पण गरेका छन् ।
प्रदेश प्रमुख डा.अहिराजले मंगलबार प्रदेश नं. १ को विराटनगरस्थित भेडियारी (भेदियारी)मा रहेको राजा विराटको शालिकमा माल्यार्पण गरेका हुन् ।
सोही क्रममा विराट राजा प्राचीन दरबार संग्रहालयका संरक्षक कमल किशोर यादवलाई प्रदेश प्रमुख डा.अहिराजले दोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए ।
यादवको एकल प्रयासबाट विगत २७ वर्षदेखि राजा विराट दरबार संग्रहालय र पुरातत्वका समानहरुको संरक्षण गर्दै आइरहेका छन् ।
उनले विराटनगर– १८ भेडियारीस्थित आफ्नै निवासमा उक्त संग्रहालयको सञ्चालन गर्दै आएका छन् ।



तपाईको प्रतिक्रिया