प्रदेश प्रमुख डा.अहिराज जनकपुर पुग्ने बित्तिकै भने, ‘अब सिधा एक्सन हुन्छ’

समाचार

2/21/2021

जनकपुरधाम, ९ फागुन । प्रदेश नं. २ का नवनियुक्त प्रदेश प्रमुख डा.अहिराज जनकपुरधाम आइपुगेका छन् । जनकपुर एयरपोर्टमा ओर्लिने बित्तिकै उनले अब सिधा एक्सन हुने बताएका छन् ।

अस्ति शुक्रबार प्रदेश २ को प्रमुखमा नियुक्त भएका डा.अहिराजलले शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारी शपथ ग्रहण गरेका थिए ।

पदभार सम्हाल्न डा.अहिराज आइतबार अपरान्ह जनकपुरधाम पुगेका हुन् । प्रदेश प्रमुखको रुपमा पहिलोपटक जनकपुरधाम आउँदा तपाइँको के रिएक्सन हो भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भने, ‘अब सिधा एक्सन हुन्छ ।’

प्रदेश प्रमुख डा.अहिराज यति भन्दै पदभार ग्रहणपश्चात् नै आफ्नो अरु मन्तव्य दिने सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए । डा.अहिराजलाई विमानस्थलमा युवाहरुले भव्य स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ