वीरगन्ज, ८ कार्तिक । वीरगंज महानगरपालिका वडा नं.१९ वरवां टोलमा प्रदेश सांसद रमेश प्रसाद कुर्मीले संसदीय कोषको २० लाख रुपैयाँको लगानीमा निर्माणधिन मस्जिदको उद्धघाटन गरेका छन् ।
वीरगंज महानगरपालिका वडा नं.१९ वरवां टोलमा सांसद रमेश प्रसाद कुर्मीको पहलमा संसदीय कोषको २० लाख रुपैयाको लगानीमा निर्माणधिन मस्जिदको उद्धघाटन गरिएको छ ।
वडा नं.१९ मा नयाँ मस्जिदको उद्धघाटन कार्यक्रममा प्रदेश सांसद तथा जनता आवासका प्रमुख रमेश प्रसाद कुर्मीले रिबन काँटी मस्जिदको उद्धघाटन गरेकोमा स्थानीयहरु हर्षित भएका छन् ।
विकास कार्य निरन्तर रुपमा गर्दै आएको सांसद कुर्मीले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
मस्जिद उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद तथा जनता आवासका प्रमुख रमेश प्रसाद कुर्मी, वडा नं.१९ वरवा टोलका अध्यक्ष सन्तोष तिवारी, आमन्त्रित नेताहरुमा जसपाका भुवन यादव, मौलना मोहम्मद अन्वर, मौलाना जविउल्लाह अन्सारी, रहमान अन्सारी, रफार मिया, नन्नलाल यादव लगायत को उपस्थिती रहेको सांसद रमेश प्रसाद कुर्मीका स्वकीय सचीव शेख फिरोजले पर्साका पत्रकारहरुलाई जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया