विराटनगर, १२ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् ।
सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास छन् ।
अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले शनिबार बर्खास्त गरेपछि एक मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिएका हुन् ।
प्रदेश १ मा केपी ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव पक्षका नेताहरुले तयारी गरिरहेका छन् ।
कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली समूह अर्थात शेरधन राईको पक्षमा २० जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४७ सांसद छन् ।
तपाईको प्रतिक्रिया