प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३७ सांसदको हस्ताक्षर

समाचार

12/27/2020

विराटनगर, १२ पुस । संसद विघटनको कारण प्रदेश १ को सरकार पनि हल्लिएको छ । नेकपाको कित्ताकाट भएपछि प्रदेश १ मा ओली पक्ष अल्पमतमा परेको छ ।

ओली पक्षका प्रदेश प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेपाल–प्रचण्ड पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ ।

अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् ।

प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताए ।

प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ