प्रदेश २ : कतै निषेधाज्ञा कतै लकडाउन

समाचार

8/17/2020

काठमाडौं, १ भाद्र । कोरोना संक्रमण बढ्दै गएपछि प्रदेश २ का अधिकांश जिल्लामा कतै निषेधाज्ञा त कतै लकडाउन लगाइएको छ । कुनै जिल्लामा निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यकबाहेकका सेवामा रोक लगाएका छन् ।

पर्सामा निषेधाज्ञासहित सेना परिचालन गरिएको छ । पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, रौतहटसहितका जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । यस्तै सिराहा, महोत्तरी र धनुषामा आंशिक लकडाउन गरिएको छ । सरकारले दुई सयभन्दा धेरै सक्रिय संक्रमित भएको जिल्लालाई रेडजोनमा राखेको छ । प्रदेश २ मा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा रेडजोनमा परेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ