काठमाडौं, १७ मंसिर । अपाङ्गता भएका महिलाहरुको सवालमा आधारित वृत्तचित्र सार्वजनिक भएको छ । २९ औं अपाङ्गता दिवसको पूर्वसन्ध्यामा नेपाल नेत्रहिन महिला संघले मंगलबार वृत्तचित्र सार्वजनिक गरेको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक वृत्तचित्र प्रदेश २ मा रहेका अपाङ्गता भएका महिलाहरुमा केन्द्रित रहेको छ ।
कार्यक्रममा नेत्रहिन महिला संघकी अध्यक्ष सिता सुवेदीले दृष्टिबिहीन महिला तथा अन्य अपाङ्ग भएका महिलाहरुलाई अधिकार दिलाउनको लागि विशेष कार्यक्रममा जोड दिइन् ।
उनले भनिन्, ‘दृष्टिबिहीन महिला तथा अन्य अपाङ्ग भएका महिलाहरुलाइ न्यायमा पहुच अभिवृद्धि गर्ने, कानुनी सचेतना दिनेलगायतमा वकालत गरिरहेका छौं ।’
सुवेदीले नेत्रहिन महिला सँघले १५ वटा जिल्लाका विभिन्न शाखाहरुमा दृष्टिबिहीन महिलाहरुलाई संगठित गरि विकास शसक्तिकरण गर्नलाई सञ्जालीकरण गरेको पनि जानकारी दिइन् ।
नेपाल अपाङ्ग महिला संघको तर्फबाट मिना पौडेलले प्रदेश नमबर २ को रौतहट, बारा र रौतहटका महिला अझ पिछडिएको अवस्थामा रहेको बताइन् ।
उनले तनि जिल्लामा अझ समस्या भएकाले वृत्तचित्रमा तीन जिल्लाको अपाङ्गता महिलाको समस्यालाई समेटिएको खुलाइन् । नेत्रहिन महिला संघको कार्यक्रम अधिकृत लक्ष्मी नेपालले पनि अपाङ्गता भएका महिलाको समस्याबारे उल्लेख गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया