जनकपुर, १९ चैत । प्रदेश २ मा कोरोना भाइरस संक्रमितको आशंकामा आइसोलेसनमा भर्ना गरिएकाहरुको रिपोर्ट आउन थालेको छ । उनीहरु सबैको परिक्षणपछि आएको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश २ को विभिन्न स्थानको आइसोलेसनमा कोरोना भाइरस संक्रमित आशंकामा रहेका विरामीहरुको स्वाब परीक्षणका लागि काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको थियो ।
उनीहरुमध्ये अधिकांशको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत डा. विजय कुमार झाले जानकारी दिए ।
तीन चरणमा पठाइएको रिपोर्टहरु मध्ये ८ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ रहेको देखिएको डा. झाले जनाए ।
डा. झाकाअनुसार तीन चरणमा काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणका लागि पठाइएको नमूनाको रिपोर्ट आएको र जसमध्ये अहिलेसम्मको रिपोर्टमा ८ जनाकै नेगेटिभ आएको हो ।
प्रदेश २ का विभिन्न जिल्लाका क्वारेन्टाइनमा ५ सय ४ जना रहेका छन् । घरकै होम क्वारेन्टाइनमा रहेकाहरु १ सय ५१ र आइसोलेसनमा ९ जना छन् । प्रदेश भरमा ९९ वटा क्वारेन्टाइन र ६९ आइसोलेसन कक्ष संचालनमा रहेको छ ।
तपाईको प्रतिक्रिया