प्रदेश २ को आठै जिल्लामा एक साथ कोरोना विरुद्धको खोप अभियान शुरु हुने

समाचार

1/25/2021

जनकपुरधाम, १२ माघ । प्रदेश २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठै जिल्लाबाट एक साथ शुरु गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठ वटै जिल्लाको सदरमुकाम स्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने निर्णय गरेको हो ।

खोप अभियानको शुभारम्भ मुख्यमन्त्री राउतले वीरगंज स्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र समाजिक विकास मन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह अस्पताल राजविराजबाट गर्नु हुने स्वास्थ्य निर्देशक विजय झाले जनाए ।

प्रदेश नं. २ मा खोप अभियान संचालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गतेसम्म सबै जिल्लास्थित स्टोरमा पु¥याइने निर्देशक झाले जानकारी दिए

पहिलो चरणमा कोरोना महामारी विरुद्ध अग्र मोर्चामा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ