प्रदेश २ का आठ सय पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

समाचार

5/25/2021

जनकपुरधाम, ११ जेठ । प्रदेश २ का ८ जिल्लाका पत्रकारहरूलाई प्रदेश सरकारले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सहयोग गरिएको सुरक्षा सामग्रीमा सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर सय एमएलको दुई वटा बोतल, ग्लभ्स २ वटा र फेससिल्ड २ वटा पाउने गरी महासंघका सदस्य रहेको ८ सय पत्रकारलाई प्रदेश २ सरकारले स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको हो ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कर्णलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सो समग्री हस्तान्तरण गरेका हुन् ।

मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई र प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मन्त्री यादवमार्फत सो सामग्री नेपाल हस्तान्तरण गराएका हुन् ।

मन्त्री यादवले महासंघ प्रदेश २ समितिलाई र आठ वटै जिल्लाका कार्य समितिलाई थर्मोगन एकथान, अक्सिमिटर एकथान समेत हस्तान्तरण गरेका छन् ।

सो अवसरमा कोरोनाबाट प्रदेश २ का दुई जना पत्रकारको मृत्यु भएकाका परिवारजनलाई मन्त्रिपरिषद् बैठकबाट राहत उपलब्ध गराउने मन्त्री यादवले अश्वाशनसमेत दिए ।

मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले पहिलो चरणमा यी समग्री ८ सय पत्रकारहरुलाई दिइने जानकारी दिए ।

केही दिनअघि मात्र नेपाल पत्रकार महासंघ प्रदेश समितिले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सरकारलाई पत्रकारहरूको सुरक्षा तथा राहत र निःशुल्क उपचारको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ