वीरगन्ज, १८ भाद्र । पर्सा, बारा र रौतहटमा १ सय १० जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ५ सय ७६ जनाको स्वाब परीक्षणमा १ सय १० जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताल वीरगञ्जले जनाएको छ । थपिएका संक्रमितहरुमा ६९ जना पर्साका, २४ जना बाराका र १७ जना रौतहटका छन् ।
नयाँ थपिएका संक्रमितहरुमा रौतहटको यमुनामाई गाउँपालिकाको वडा नम्बर ३ को एउटै वडाका १७ जना छन् । त्यसै गरी बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरूमा गरी २४ जना रहेका छन् ।
पर्साको भने वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा ४९ जना, कालिकामाई गाउँपालिकाको वडा नम्बर २ का ४ जना, बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ र ५ का ५ जना, पर्सागढी नगरपालिकाको वडा नम्बर ४ र ८ का ७ जना, पोखरिया नगरपालिकाको पनि वडा नम्बर ४ र १० का ४ जनामा संक्रमण पुष्टि भएको छ । पर्सामा २३ सय बढी संक्रमित पर्सामा नयाँ थपिएका संक्रमितहरुसहित कुल संक्रमित संख्या अब २ हजार ३ सय २ पुगेको छ ।
तपाईको प्रतिक्रिया