प्रदेश २ को दलित विकास समितिका पदाधिकारीहरु नियुक्त

समाचार

2/18/2021

जनकपुरधाम, ६ फागुन । प्रदेश २ को सरकारले दलित विकास समितिका पदाधिकारीहरु नियुक्त गरेको छ ।

सामाजिक विकास मन्त्रालयको पहिलो ऐनको रुपमा स्वीकृत भएको दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न वनेको ऐन २०७६ अनुसार बिहीबारको मन्त्रिपरिषद्ले दलित विकास समितिको उपाध्यक्ष र सदस्यहरु नियुक्ति गरेको छ ।

दलित विकास समितिको उपाध्यक्षमा दलित अधिकारकर्मी सर्लाहीका रामप्रबेश बैठालाई नियुक्त गरिएको छ ।

यस्तै, सदस्यहरुमा सिरहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा र सिरहाकी सुनिता मरिक रहेका छन् ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहको सिफारिसमा मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ