जनकपुरधाम, ५ कात्तिक । प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशन मंगलबार अन्त्य भएको छ । सोमबार प्रदेशसभा सचिवालयले बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि चौथो अधिवेशन अन्त्य भएको सूचना मार्फत जानकारी गराएको हो ।
मन्त्रिपरिषदको निर्णय बमोजिम चौथो अधिवेशन अन्त्य गर्न सिफारिस भए अनुसार प्रदेश प्रमुख तिलक परिवारबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलवार राति १२ बजेदेखि प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य भएको घोषणा गरिएको जारी सूचनामा उल्लेख छ । पाँचौ अधिवेशनको मिति प्रदेश प्रमुखबाट निर्देशन आए बमोजिम तय हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया