प्रदेश २ को प्रदेशसभा बैठकमा ठाकुर पक्षका सांसदहरु अनुपस्थित

समाचार

6/7/2021

जनकपुरधाम, २४ जेठ । जनता ससमाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष प्रदेश २ को प्रदेशसभा बैठकमा अनुपस्थित भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभा छैटौं अधिवेशनमा ठाकुर समूहका प्रदेशसभा सदस्यहरु सहभागी भएनन् ।

ठाकुर पक्षीय सांसदहरुले पार्टी विधान विपरीत संसदीय दलको नेता चयन गरिएकाले आफूहरु प्रदेशसभाको बैठकमा सहभागी नभएको सचेतक परमेश्वर साहले जानकारी दिए ।

उनले अवैधानिक तरिकाले गरेको निर्णय नसच्याएसम्म प्रदेशसभाको बैठकमा सहभागी नभएको मधेशवाणीलाई बताए ।

पार्टीको आन्तरिक निर्देशनानुसार बैठकमा उपस्थित नभएको उनको भनाइ छ । प्रदेशसभाको चालु पाँचौँ अधिवेशन अन्त्य गर्दै सरकारले सोमबारबाट बजेट अधिवेशन सुरु गरेको हो ।

बैठकको प्रारम्भमा दलका नेताहरूले शुभकामना दिएका छन् । शुभकामना दिने क्रममा एमालेका संसदीय दलका नेता सत्रुधन महतोले नीति तथा कार्यक्रम अनुसार प्रदेश सरकारले बजेट चलाउन नसकेको आरोप लगाए ।

उनले भने– सरकारको नीति तथा कार्यक्रम एकातर्फ रहने र बजेट प्रस्तुत गरे अनुसार जनताका लागि विकास निर्माण लगायतका कामै नगरी अन्यत्र बजेट दुरुपयोग गर्दा प्रदेशको विकास भन्दा पनि केहि मन्त्रीहरु समेत मोटाएको र जनअपेक्षा अनुसार काम हुँदैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ