विराटनगर, ११ चैत । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीसँग शिष्टाचार भेट गरेका छन् ।
बुधबार प्रदेश २ का प्रमुख डा.अहिराजले प्रदेश १ को राजधानी विराटनगरस्थित प्रदेश प्रमुख कार्यालयमा भेटघाट गरेका हुन् ।
सो भेटघाटको क्रममा प्रदेश प्रमुखद्वय डा.अहिराज र अधिकारबीच समसामयिक विषयमा छलफल पनि भएको बताइएको छ । अधिकारीलाई डा.अहिराजले मायाको चिनोस्वरुप जानकी मन्दिरको तस्वीरसमेत उपहार दिएका छन् ।
डा.अहिराजले यसअिघ पनि विभिन्न प्रदेशहरुका प्रमुखसँग भेटघाट गरिसकेका छन् । सबै प्रदेशका प्रमुखहरुसँग भेटी अनुभव आदान प्रदान, प्रदेशको विकास र समृद्धिमा आफूले सक्ने योगदानका विषयमा नै छलफलहरु भइरहेको प्रदेश २ प्रमुख कार्यालयका सचिव ध्रुव गैंडाले जानकारी दिएका छन् ।
डा.अहिराजले छिट्टै नै सबै प्रदेशका प्रमुखहरुलाई जानकी माताको नगरी जनकपुरधाममा बोलाउने तयारी गरिरहेको उनीनिकट स्रोतले बतायो ।
तपाईको प्रतिक्रिया