जनकपुरधाम, २८ जेठ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त र प्रदेश २ का प्रमुख डा.राजेश अहिराज बीच छलफल भएको छ ।
प्रदेश प्रमुखको कार्यालय जनकपुरमा उनीहरुबीच प्रदेशको समसामयिक विषयमा छलफल भएको हो ।
त्यस क्रममा मधेशी समुदायको हक हितको संरक्षण, सम्बद्र्धन तथा सशक्तीकरणका लागि आगामी दिनहरुमा मधेशी आयोग र प्रदेश प्रमुखको कार्यालय कसरी सहकार्य गरेर प्रभावकारी रुपमा अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको मधेशी आयोगका अध्यक्ष दत्तले जानकारी दिए ।
छलफलमा प्रदेश प्रमुख अहिराजले प्रदेश प्रमुखको कार्यालय बाट हुन सक्ने सहयोगमा कार्यालय सधै तयार रहने विश्वास दिलाए ।
आयोगका अध्यक्ष दत्तले आगामी दिनमा प्रदेश प्रमुखको कार्यालयसँग सहकार्य गरि प्रदेश २ मा प्रभावकारी ढंगले कार्यक्रम गरिने बताए ।
तपाईको प्रतिक्रिया