प्रदेश २ को बजेट ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार

समाचार

6/15/2021

जनकपुरधाम, १ असार । प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेको छ ।

प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेका हुन्।

बजेटमा वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा १ अर्ब आन्तरिक ऋण परिचालन गरिने मन्त्री यादवले बताए । उनले कोभिड–१९ केन्द्रित बजेट ल्याएको भन्दै जनताको सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

अगामी आर्थिक वर्षमा पनि प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको छ ।

सो कार्यक्रमका लागि २ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय तहका लागि ३ अर्ब १६ करोड ५० लाख छुट्याइएको मन्त्री यादवले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ