प्रदेश २ का मन्त्रीहरुद्वारा मन्दिर निरीक्षण

समाचार

5/13/2021

जनकपुरधाम, ३० बैशाख । कोभिड महामारीले प्रदेश–२ मा बिरामीहरु स्वास्थ्य उपचार नपाइरहेको बेला प्रदेशका सामाजिक विकास मन्त्री र उद्योगमन्त्री मन्दिर निरीक्षण गरेका छन् ।

सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय आफ्नो दलबलसहित सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको विभिन्न मन्दिर तथा पर्यटकीय स्थलहरुमा घुमफिर गरेका छन् ।

सामाजिक विकास मन्त्रीका स्वकीय सचिव राजकुमारले सामाजिक सञ्जालमा दुवै मन्त्रीको व्यवस्तता सहितको फोटो पोष्ट गरेका छन् ।

मन्त्रीद्वयले वैरवाको विवाह मण्डप, योगिनियाको वोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षण गरेका हुन् ।

मन्दिरको निर्माण प्रदेश सरकारकै योजना चाँडै पुरा गरिने प्रतिबद्धतासमेत मन्त्रीद्वयले व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ