प्रदेश २ का विद्यालयमा निःशुल्क स्यानेटरी प्याड

समाचार

2/26/2021

जनकपुरधाम, १४ फागुन । प्रदेश २ सरकारले विद्यालयमा किशोरीहरूका लागि सेनिटरी प्याडसमेत निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ ।

सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत अजित केशरीका अनुसार चालू आवमा यो कार्यक्रम सीमित विद्यालयमा मात्रै लागू हुन्छ ।

केशरीले भने, ‘कार्यक्रम प्रभावकारी भएको खण्डमा अगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिँदै प्रदेशका सबै माध्यमिक विद्यालयमा लागू हुन्छ ।’

गत आर्थिक वर्षदेखि नै प्रदेश सरकारले विद्यालयमा नर्स राख्ने प्रयास गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ