प्रदेश २ का सबै जिल्ला प्रहरीलाई ५ लाख

समाचार

4/10/2020

जनकपुरधाम, २८ चैत । प्रदेश २ सरकारले प्रदेशका प्रत्येक जिल्ला प्रहरी कार्यालयलाई ५ लाख रूपैयाँका दरले प्रदान गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामविरुद्व खटिएका प्रहरीको मनोबल उच्च बनाउन प्रदेश २ का ८ वटै जिल्ला प्रहरी कार्यालयलाई यो रकम प्रदान गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका आठ वटै जिल्ला प्रहरी कार्यालयलाई पाँच लाख रूपैयाँका दरले उपलब्ध गराउने भएको हो ।

प्रहरीको न्यूनतम आवश्यकता पूर्तिका लागि यो रकम दिन लागिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार प्रदेशमा रहेको पाँच वटा कारागारमा क्षमताभन्दा बढी कैदी रहेको हुँदा त्यहाँ कोरोनाबाट जोगिने उपायहरु अवलम्बन गर्नका लागि प्रत्येक जेललाई २०÷२०लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ