प्रदेश २ का सभामुखद्वारा अस्पतालको अनुगमन

समाचार

4/11/2020

जलेश्वर, २९ चैत । प्रदेश २ का सभामुख सरोजकुमार यादव शुक्रबार जलेश्वर अस्पतालको अनुगमन गरेका छन् । जलेश्वर अस्पताललाई प्रदेश २ का सामाजिक विकास मन्त्रालयले विशेष अस्पतालमा स्तरोन्नति गरेपछि शुक्रबार उनले अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा पत्रकारहरुसंग कुराकानी गर्दै उनले प्रदेश सरकारले जलेश्वर अस्पताललाई १५ शय्याबाट ५० शययामा स्तरोन्नति गरिएपछि अनुगमन गरिएको बताए ।

पत्रकारहरुको प्रश्नमा उनले यो महामारीबाट जनतालाई बचाउन अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सत्यतथ्य सुचनाबाट सुसुचित गरिरहेका पत्रकारहरुलाई ५० लाखको बिमा प्रदेश सरकारले गर्ने जानकारी दिए ।

अनुगमनमा महोत्तरीका प्रदेशसभा सदस्य रानी शर्मा तिवारी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, नेपाल प्रहरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीसहित प्रदेश सभा सचिव रञ्जित यादव, जलेश्वर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेय, जलेश्वर अस्पतालका मेडिकल सुुपरिडेन्टेन्ट डा.राजिवकुमार झाको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ