प्रदेश २ का २ प्रदेशसभा सदस्य ओली समूहमा

समाचार

12/31/2020

जनकपुरधाम, १६ पुस । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट २ जना प्रदेश सांसद नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका छन् ।

प्रचण्डकै विश्वासिलो पात्र मानिएका नेकपाका अध्यक्ष प्रभू साहले ओलीतिर लाग्दै मन्त्री पद पाएका छन् । प्रभु साह ओलीतिर लागेको केही दिनमै साह निकट अन्य २ जना सांसद पनि ओली समूहमा लागेका हुन् ।

प्रचण्ड पक्षलाई छाडेर प्रदेश सांसद रामचन्द्र मण्डल र ज्वाला कुमारी साह ओली समूहमा लागेका हुन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ