जनकपुरधाम, २७ जेठ । प्रदेश २ मा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार पाँच महिला र ४९ जना पुरुष गरी ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धनुषामा २१ जना, महोत्तरीमा १९ जना, सप्तरीमा १३ जना र सर्लाहीमा १ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ भने २६३ संक्रमित उपचार पश्चात निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
तपाईको प्रतिक्रिया