जनकपुरधाम, १८ असार । प्रदेश २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिला र एक पुरुष गरी दुई सदस्य नियुक्त गरेको छ ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका २ का डा. बैद्यनाथ महतो र मिथिला नगरपालिका ६ धनुषाका प्रमिला कुमारी सिंह प्रदेश नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भएका हुन् ।
नव नियुक्त दुबै सदस्यहरुलाई मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शुक्रबार नियुिक्त पत्र हस्तान्तरण गरेका छन् ।
तपाईको प्रतिक्रिया