जनकपुरधाम, २७ असार । प्रदेश नं. २ को सरकारले प्रदेश सांसद विकास कोषको रकम बढाउने भएको छ । निर्वाचित सांसदलाई ५० लाख र समानुपातिक सांसदलाई २५ लाख बजेट थप्ने सहमति भएको हो ।
संसदीय दलका नेताहरुबीच भएको गोप्य छलफलमा यस्तो सहमति भएको स्रोतले जनाएको छ ।
अब निर्वाचित सांसदले साढे ३ करोड र समानुपातिक सभासदले १ करोड २५ लाख बजेट पाउने भएका छन् ।
विपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले विकास कोषको बजेट बढाउन माग गरेका थिए ।
निर्वाचनक्षेत्र विकास कार्यक्रमको रकम बढाउने सम्बन्धमा सत्ता पक्ष र प्रतिपक्षी एमाले र माओवादीबीच पटक–पटक छलफल समेत भएको थियो ।
विपक्षी एमाले र माओवादीले निर्वाचित सभासदलाई ५ करोड र समानुपातिका सभासदलाई २ करोड ५० लाख रकम उपलब्ध गराउनु पर्ने माग गरेका थिए ।
तपाईको प्रतिक्रिया