जनकपुरधाम, २८ फागुन । प्रदेश २ का प्रमुख डा. राजेश अहिराज धनुषा जिल्लाको एक विद्यालयमा भ्रमण निरीक्षण गरेका छन् । उनले कक्षा एकका विद्यार्थीहरुलाई पढाएका समेत छन् ।
उनी विद्यार्थीलाई पढाउन पुगेपछि विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरु आश्चर्यचकित भएका थिए । देशकै पुरनो विद्यालय मध्येका जनकपुरधामको ऐतिहासिक श्री सरस्वती माध्यमिक विद्यालयका कक्षा १ का बच्चाहरुलाई प्रदेश प्रमुख झmाले आधा घण्टा पढाएका हुन ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा ९ मा सरस्वती माध्यमिक विद्यालय रहेको छ । यो देशकै पुरानो विद्यालय मानिन्छ । शुक्रवार दिउँसा अचानक विद्यालय पुगेका प्रदेश प्रमुख डा. अहिराज आफू कक्षा १ का बच्चाहरुसँग केहि समय बिताउन चाहने इच्छा जाहेर गरेको विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले बताए ।
साना साना विद्यार्थीहरुसँग रमाइलो गफ गर्दै प्रदेश २ प्रमुख अहिराजले विद्यालयको शैक्षिक, भौतिक अवस्थाका बारेमा पनि जानकारी लिए । भौतिक रुपमा विद्यालय जर्जर बनेको छ भने शैक्षिक स्तर पनि खस्केको छ ।
देशका प्रथम राष्ट्रपती डा. रामवरण यादव, वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेस उपसभापति विमलेन्द्र निधि, नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर सत्येन्द्र प्यारा श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका उपकुलपति सुरेशराज शर्मा जस्ता दर्जनौं हस्तीहरु विद्यालयलृ उत्पादन गरेको छ ।
२००४ सालमा स्थापना भएको विद्यालयमा हाल ८ सय ५० जना विद्यार्थी कक्षा १२ सम्म पढदै आइरहेका छन् । २०७२ सालको विनाशकारी महाभूकम्प पछि विद्यालयको मुख्य भवन प्रयोगविहीन भएपनि पुर्ननिर्माण हुन सकेको छैन ।
३ विघ्घा १९ कठ्ठा क्षेत्रफलमा रहेको विद्यालयमा २०७०/०७१ तथा ०७३/०७४ मा नयाँ भवन बनाइए पनि पुरानो ऐतिहासिक भवन बिनाश हुने अवस्थामा पुगेको छ । प्रदेश सरकारले विद्यालयका लागि के गरिरहेको समेत बुझने प्रयास प्रदेश प्रमुख अहिराजले गरे ।
तपाईको प्रतिक्रिया