जनकपुरधाम, १६ चैत । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले फागुपूर्णिमा होलीको अवसरमा प्रदेशका नागरिक र सम्पूर्ण देशवासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुखको सचिवालयबाट जारी शुभकामना सन्देशमार्फत् डा.अहिराजले कोभिड १९ को जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाएर होली मनाउन समेत आग्रह गरेका हुन् ।
डा अहिराजले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले मौलिक संस्कृतिको संरक्षण गर्दै समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न योगदान पुर्याउने विश्वास व्यक्त गरेका हुन् ।
स्वास्थ्यको सुरक्षा भएमात्रै संस्कृति सुरक्षित हुने भन्दै आवश्यक मापदण्ड पालना गरेर होली खेल्न सम्पूर्ण प्रदेशवासीमा उनले अपिलसमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया