काठमाडौं, २० असार । प्रदेश २ का पूर्वराज्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुरेश मण्डलले संघीयताबारे समीक्षा तथा बहस हुनुपर्ने बताएका छन् ।
पूर्वराज्यमन्त्री मण्डलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संघीयताबारे समीक्षा तथा बहस हुनु जरुरी छ ।’
उनले त्यो बहस यसको पुनः पुनर्संरचना र अधिकार थपबारे हुनुपर्ने तर्क गरेका छन् ।
उनले भनेका छन्, ‘संघीयतालाई थप सफल, सार्थक र अधिकार सम्पन्न तथा परिणाममुखी कसरी बनाउनेबारे हुनुपर्ने स्पष्ट पारेका हुन् ।
उनी भन्छन्, ‘स्थानीय तहलाई प्रदेश मातहत राखी प्रदेश सरकारलाई थप शक्तिशाली कसरी बनाउने भन्ने विषयमा छलफल र बहस केन्द्रित हुनुपर्दछ । अन्यथा कसैले केही सोच्छ भने त्यो उसको सपना मात्र हो ।’
तपाईको प्रतिक्रिया