प्रदेश २ भ्रष्टाचारको अखडा : सांसद कुश्वाहा

समाचार

7/30/2020

रौतहट, १५ साउन । प्रदेश २ का सांसद कुन्दन कुश्वाहाले प्रदेश २ मा भ्रष्टाचारको अखडा बनेको आरोप लगाएका छन ।

रौतहटको कटहरियामा एक कार्यक्रमलाई सम्बोधन गर्र्दै प्रदेश सांसद कुश्वाहाले प्रदेश २ सरकार भ्रष्टाचारीको अखडा बनिसकेको टिप्पणी गरेका हुन् ।

मधेशी नेताहरुको नियतमा खोट भएकै कारण मधेशको विकास हुन नसकेको कुश्वाहाले बताए । प्रदेश २ मा वार्षिक ४० अर्ब रुपैयाको विकासको बजेट छ । जुन ८ वटा जिल्लामा भाग लगाँउदा प्रत्येक जिल्लाको हकमा ५ अर्ब रुपैया पर्छ ।

स्थानीय तहमा वार्षिक करोडको बजेट आउँदा कर्मचारीको तलव, सामाजिक सुरक्षाभत्ता, शिक्षा, स्वास्थ लगायत शीर्षकमा लगानी गर्नु पर्दछ ।

तर प्रदेशले अन्य कुनै क्षेत्रमा लगानी गर्नुपर्दैन र त्यत्रो ठुलो रकमको अधिकांश हिसा मन्त्रीहरुले आफना नातागोता र कार्यकर्ता पाल्न दुरुपयोग गरिरहेको प्रदेश सांसद कुश्वाहाले आरोप लगाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ