जनकपुरधाम, २६ जेठ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मन्त्रिपरिषदको विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री भएका तीन जनालाई प्रदेश प्रमुख डा.राजेश अहिराजले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
नवनियुक्त मन्त्रीहरुमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्रालय र विरेन्द्र प्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।
तपाईको प्रतिक्रिया