प्रदेश २ मा कोरोनबाट मृत्यु हुनेको संख्या ९४ पुग्यो

समाचार

9/2/2020

जनकपुरधाम, १७ भाद्र । प्रदेश २ मा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ । जसमा पुरुष ७८ जना र महिला १६ जना छन् । मंगलबार थप ४ जनाको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार पछिल्लो पर्सामा २ जना, बाराका १ जना र सिरहाका १ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

यो सँगै मृतकको संख्या पर्सामा ३६, बारामा १४, धनुषामा १२, महोत्तरीमा १०, सप्तरीमा ६, रौतहटमा ५ र सर्लाहीमा ३ पुगेको छ । मृतकमध्ये एक स्वास्थ्यकर्मी (हेल्थ असिस्टेन्ट) र एक बालिकासमेत छन् ।

मृतक अधिकांश ४० वर्षमाथि उमेर समूहका छन् । मंगलबार प्रदेश २ मा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार ३०६ पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ