प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

समाचार

9/13/2020

जनकपुरधाम, २८ भाद्र । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजारभन्दा बढी नाघेको छ ।

थप १ सय ३२ कोरोना संक्रमित थपिएसँगै हालसम्म प्रदेश २ मा कोरोना संक्रमितको ११ हजार ८ सय ४५ पुगेको हो ।

यस्तै हालसम्म ६ हजार भन्दा बढी व्यक्ति कोरोनामुक्त भई घर फर्किएका छन् । थप ४२ जना कोरोनामुक्त भएसँगै हालसम्म निको हुनेको संख्या ६ हजार ३ सय ११ पुगेको छ । हालसम्म कोरोनामुक्त हुनेमा ७ सय १२ महिला र ५ हजार ५ सय ९९ पुरूष छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ