जनकपुर, ३ पुस । प्रदेश २ को प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आवश्यक ऐन–कानुन तथा विज्ञहरूको छनोट प्रक्रिया सुरु गरेको छ ।
कात्तिक ४ गते पूर्णता पाएको सो आयोगले पहिलो चरणमा कार्यालय व्यवस्थापनका साथै कर्मचारी भर्नाका लागि आवश्यक पर्ने ऐन, नियमावली, निर्देशिका तथा आचारसंहितालगायत निर्माणमा जुटेको छ ।
लोकसेवा आयोगकै मापदण्डको हिसाबले प्रदेश लोकसेवाले पनि कर्मचारी भर्ना गर्न सक्ने आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले बताए ।
उनका अनुसार लोकसेवा आयोगकै ऐन–कानुनलाई टेकेर प्रदेश लोकसेवा आयोगको ऐन–कानुन बनाइएको छ । त्यसैले, ऐन–कानुन देशभरि लागू हुन्छ ।
तर प्रदेशको आवश्यकता र भूगोललाई ध्यानमा राखेर प्रदेश लोकसेवाको ऐन–कानुनको मस्यौदा तयार गरिएको पनि उनले बताए ।
प्रदेश सरकार तथा प्रदेश २ मा रहेका स्थानीय तह, प्रदेश प्रहरीलगायतका लागि आवश्यक पर्ने कर्मचारी प्रदेश लोकसेवाले छनोट गर्ने संवैधानिक व्यवस्था रहेको झाको भनाइ छ ।
तपाईको प्रतिक्रिया