रौतहट, २६ पुस । प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले ५ महिनामा ५ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।
ट्राफिक नियम विपरित चलेका सवारी साधन लगायत विभिन्न स्रोतबाट हुने राजश्व संकलनमा यो वर्ष वृद्धि भएको हो ।
ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांक अनुसार गत साउनदेखि मंसिर मसान्तसम्म प्रदेश २ मा ५ करोड ५६ लाख २२ हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको छ । सो अवधिकामा ट्राफिक नियम विपरित चलेका ८५ हजार नौ सय दुईवटा सवारी साधन कारवाहीको दायरामा आएका छन् ।
सरकारले यसरी राजस्व संकलन गर्दा यात्रुहरु ट्रफिकलाई छलि यात्रा गर्ने गरेको पाइन्छ । यसबाट झन धेरै दुर्घटना हुने गरेको छ । अधिकांश दुर्घटनामा मानवीय कारणले नै भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रहरीप्रमुख एसपी श्यामकुमार महतोका अनुसार बढ्दो सवारी दुर्घटना न्युन गर्ने उद्देश्यले प्रदेशको विभिन्न जिल्लामा चालक, सहचालक, यात्रु र सर्वसाधारणसँग समेत समन्वय हुने गरी सोही अवधिमा एकहजार पाँचसय ६२ वटा जनचेतनामुलक कार्यक्रम भएका छन् ।
तपाईको प्रतिक्रिया