जनकपुरधाम, ३ असार । प्रदेश २ मा १ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ७७ पुगेको छ ।
सबैभन्दा बढी महोत्तरीका ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीमा संक्रमितको संख्या ३०७ पुगेको छ । यस्तै रौतहटमा ५२ जना कोरोना संक्रमित थपिएको छ ।
प्रदेश २ कै सबभन्दा बढी रौतहतमा कोरोना संक्रमितको संख्या ८९४ पुगेको छ भने धनुषामा २१ जना, सर्लाहीमा १६ जना, सप्तरीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सिरहा र पर्सामा २/२ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका सबै संक्रमित भारतको विभिन्न सहरबाट आएर क्वारेन्टाइनमा बसेकाहरु हुन् ।
तपाईको प्रतिक्रिया