जनकपुरधाम, २६ जेठ । प्रदेश २ को तीन जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो तथ्यांकअनुसार पर्सा जिल्लामा १ महिला र ७ पुरूष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बारा जिल्लामा २ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने रौतहटमा ४ जना पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।
पर्साका संक्रमितमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ का २० देखि ५५ वर्ष उमेरसम्मका रहेका छन् । यसैगरी बाराको सुवर्ण गाउँपालिका र पचरौता नगरपालिकाका गाउँपालिका ३ वर्षीय बालिकादेखि ३० वर्षसम्मका ७ जना संक्रमित छन् ।
यस्तै रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ का १७ , १८ र ४३ वर्षका पुरूषहरू रहेका छन् भने रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ३ का एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
तपाईको प्रतिक्रिया