प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण

समाचार

6/5/2020

जनकपुरधाम, २३ जेठ । प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको पीसीआर रिपोर्ट अनुसार धनुषामा ४, महोत्तरीमा ९, रौतहट ६ र बारामा ३ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर नतिजा अनुसार एक साता यताको यो संख्या न्युन हो । स्वाब परीक्षण नै कम भएकाले रिपोर्ट थोरै आएको हो ।

अहिले प्रदेश २ का ७ हजारभन्दा बढी स्वाब रिपोर्ट आउन बाँकी छ । आज थपिएका २२ जनासँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ सय ८१ पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ