जनकपुरधाम, २१ मंसिर । प्रदेश २ को छ जिल्लामा शनिबार एकैपटक ३४ जना कोरोनाको नयाँ संक्रमित भेटिएका छन् । धनुषामा १२, महोत्तरीमा एक, सिरहामा तीन, सप्तरीमा पाँच, पर्सामा १२ र अन्य जिल्लाका एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश २ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १६ हजार ८१८ जना पुगेको छ । यस प्रदेशमा गत २४ घण्टामा १० जना व्यक्ति संक्रमण मुक्त भएका छन् । योसँगै प्रदेश २ मा सङ्क्रमण मुक्त भएर घर फर्किनेको संख्या १५ हजार ९९३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया