जनकपुरधाम, १७ बैशाख । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश २ मा हालसम्म दुई हजार १२१ जनाको नमूना स्वाब पिसीआर परीक्षणका लागि संकलन गरिएको छ । पछिल्ला तीन दिनभित्र थप ८३१ को स्वाब संकललन गरिएपछि यो सङ्ख्या बढेको हो ।
अहिले उदयपुरसँग सीमा जोडिएका प्रदेश–२ का सप्तरी र सिरहामा स्वाब संकललन तीव्र बनाइएको छ । मंगललबार रौतहटको वृन्दावन नगरपालिकाका २४ वर्षीय र देवाहीगोनाही नगरपालिकाका ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि ती दुवै नगर क्षेत्रको बाह्य सम्पर्क पूर्णरूपमा रोकिएको प्रदेश २ कोस्वास्थ्य निर्देशनालयको कार्यालय, जनकपुरधामले जनाएको छ ।
प्रदेशमा स्वाब संकलनका लागि स्वास्थ्य सेवा विभाग, नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश निर्देशनालयमातहतको जनशक्ति परिचालित छ । हालसम्म संकलित स्वाबमध्ये ९७६ को परीक्षण नतिजा आएको छ, जसमा नौ जनामा संक्रमण पुष्टि भएको र ९६७ को नतिजा नेगेटिभ आएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत बिजयकुमार झाले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया